एमाले सभास्थल नजिक मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप
२३ फागुन, २०७३
काठमाडौँ, फागुन २३ । सप्तरीमा एमालेको सभास्थल नजिक मधेसी मोर्चाको कार्यकर्ता र प्रहरी बीच झडप भइरहेको छ । सभास्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको पूवपट्टीको गहुँ खेतमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । एमालेको मेची–महाकाली अभियानको टोलीबीच झडप भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धब तिमल्सिनाले जानकारी दिए । उनले भने- ‘मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुङ्गामुढा गरेपछि झडप भएको हो, दुईचार जना घाइते भएर अस्पताल लगिएको छ ।’ यसैबीच प्रजिअ तिमल्सिनाले एमालेका नेताहरु कार्यक्रम स्थल प्रवेश गरिसकेको जानकारी दिए । एमालेले मेची-महाकाली अभियानको तेस्रो दिन तराईका विभिन्न जिल्लामा सभा सकाएर सप्तरीमा सुरु गर्न लागेको हो । उक्त सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा अोली, बरिष्ठ नेताहरु माधबकुमार नेपाल,झलनाथ खनाल महासचिव इश्वर पोखरेल लगायतले सम्बोधन गर्दैछन् । एमालेको उक्त सभा विथोल्न सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहानैदेखि प्रदर्शन र चक्का जाम गरेको छ । सभा वरपर ठूलो संख्यामा सुरक्षाफौज तैनाथ गरिएको प्रजिअ तिमल्सिनाले बताए ।
चित्रबहादुरलाई ओलीको चिन्ता, निकाले विज्ञप्ती
२३ फागुन, २०७३
पाल्पा महोत्सवमा आठ करोडको कारोबार
२३ फागुन, २०७३
मिनी धरहरा
२३ फागुन, २०७३
लौकहीमा एमालेको आमसभा स्थगित
२३ फागुन, २०७३
जनजाति महासंघको आन्दोलनमा गठबन्धनले सहयोग गर्ने
२३ फागुन, २०७३
२१ लाखको अक्षयकोष स्थापना !
२३ फागुन, २०७३
एक सय बढी टहरा भत्काइयो
२३ फागुन, २०७३
मदिरा सेवन गरेका बोहोराको लडेर मृत्यु
२३ फागुन, २०७३
आरआर क्याम्पस तनावग्रस्त, स्ववियु चुनाव अनिश्चित
२३ फागुन, २०७३
पहिलो पटक दीपेन्द्रलाई मौका
२३ फागुन, २०७३
फेसबुकमा महिला ठगी गर्ने प्रकाउ
२३ फागुन, २०७३
दुग्ध किसान समाजद्वारा प्रधानमन्त्रीलाई सम्मान
२३ फागुन, २०७३
मेची–महाकाली अभियानमा मोर्चाको अबरोध, यातायात ठप्प
२३ फागुन, २०७३