एभरेष्ट दैनिक

बसन्तपुरमा होलीको चीर डठ्याइयो, होली पर्व सुरु

काठमाडौं, फागुन २२ । काठमाडौंको बसन्तपुर डबलीमा आज होलीको चीर ठड्याएसँगै उपत्यकामा होली पर्व सुरु भएको छ । आज विहान आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा उक्त चीर ठड्याएसँगै सांस्कृतिक एवं परम्परागत पर्व होली विधिवतरुपमा होली सुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरु यही फागुन २९ गते तथा तराईका जिल्लाहरुमा फागुन ३० गते होली पर्व मनाईंदै छ । आज ठड्याइएको चिर एक हप्तापछि ढलाएर टुंडिखेलमा पुर्‍याई सेलाउने गरिन्छ ।