कतारका नेपालीमा चुनावको उत्साह, फर्किन नसक्नेलाई विदेशबाटै भोट दिन पाउनुपर्ने माग
८ चैत, २०७३
काठमाडौं, चैत ८ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि देश विदेश बस्ने नेपालीमा उत्साह पैदा गरेको छ । नेपालमा त चुनावका लागि को उठाउने बहस सुरु भइसकेको छ । सरकारले २० वर्ष पछि स्थानीय तहको चुनाव मिति आगामी बैशाख ३१ मा गर्ने गरी घोषणा गरेपछि प्रवासी नेपालीहरुले पनि नेपाल फर्केर चुनावमा भोट हाल्ने तयारी गरेको बताएका छन् । हाम्रा कतार संवाददाता गणेश प्रसाद बञ्जाडेले कतार रहेका नेपालीलाई भेटेर जनमत लिएका छन्, नेपालमा चुनाव हुने भयो भोट खसाल्न जाने तयारी छ कि छैन ? सरकारले बनाएको नयाँ ७४४ स्थानीय तहले तपाईको गाउँ ठाउँलाइ कत्तिको समृद्ध बनाउला भन्ने लागेको छ ? चुनावमा कस्तो व्यक्तिलाई भोट हाल्नुपर्छ भन्ने विषयमा कुराकानी गरेका छन् । पढ्नुस एभरेष्टदैनिक डटकमको कतारबाट स्थलगत रिपोर्ट । आमिना खान, हेटौंडा सरकार ले स्थानीय निर्वाचन गराउने घोषणा गरेको छ २० वर्ष पछिको यो स्थानीय चुनावमा आफू नेपाल जान नपाउँदा खल्लो महसुस भएको छ । र, अहिले सरकारले जुन स्थानीय चुनाव गराउदै छ त्यो अति आवश्यक छ । सरकारले तोकिएको समयमा निर्वाचन गराउनु पर्छ । विभिन्न बाधा अवरोधहरु आए पनि त्यसलाई चिर्दै चुनाव गर्नुपर्छ । हामीले आशा गरेका छाैं कि यो स्थानीय चुनावले हाम्रो गाउँ ठाँउ विकसित हुन्छ । चुनाव भए पछी सबै भन्दा पहिला गाउँ गाउँ को कुना कप्चामा शिक्षाको व्यवस्था पुग्छ । हाम्रो देश कृषिप्रधान देश भएकाले गाउँ का हरेक वासिन्दा लाई कृषि सम्बन्धी उच्च तालीम र आत्मनिर्भर बनाउनपर्ने सीप मुलक तालीम दिई गाउँमै रोजगारीको व्यवस्था हुनेछ । सबै ठाउँमा यातायात, उद्योग कलकारखाना खुल्नेछ जसले गर्दा नेपाली विदेश जान नपरोस् । सुदर्शन भट्ट, गोर्खा सर्व प्रथम त २० वर्षमा स्थानीय निकायको चुनाव हुन लाग्दा निकै खुशी बनाएको छ । देशले अव केही गति लिन्छ, म जस्ता विदेशमा काम गरेर परिवार चलाउने नेपालीहरूले यो आशा गर्न सकिन्छ कि अब मेरै देशमा केही हुन्छ र देशले काँचुली फेर्छ । समय,परिस्थिति र काममा व्यस्तताको कारण म चाँही चुनावमा गएर सहभागी हुन नसकेपनि ,राम्रो काम गर्न सक्ने मान्छे प्रतिनिधी छनोट गर्नु पर्छ भनेर मेरो परिवारलाई जानकारी गराइसकेको छु । जो व्यक्ति देश र समाजको लागी निरन्तर लागेर देश/समाजलाई परिवर्तन गर्न सक्छ उसलाई मतदान गर्नु होला भनि मत खसाल्न अनुरोध गरेको छु । मैले चिनेका व्यक्तिहरुलाई पनि त्यही कुरा भन्नेछु । म लामों समयदेखि विदेशमा रहेको कारण कस्तो पूनर्संरचनाले के कस्तो प्रभाव पार्दछ भन्न सक्तिन । तर, समयले देखाउने नै छ । बीस वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावलाइ मैले सकरात्मक रुपमा लिएको छु । सरकारको यो घोषणालाई सम्मान पनि गर्न चाहन्छु । म मेरा व्यक्तिगत समस्याका कारण तुल बहादुर परियार कास्की पोखरा महानगरपालिका ११ नेपाल गएर भोट खसाल्न सक्तिन । सरकारलाइ म के आग्रह गर्न चाहन्छु भने सरकारले प्रवासमा रहेका नियोग मार्फत प्रवासी नेपालीहरुको मताधिकारको सुनिश्चितता गरोस् र म सम्पुर्ण नेपाली जनतालाइ आग्रह गर्न चाहन्छु- हाम्रोलाइ भन्दा राम्रोलाइ भोट गर्नुहोस् र चुनावको सफलताको कामना गर्दछु । मलाई लाग्छ स्थानीय तहको पूनर्संरचना गर्दैमा देशमा कायापलट होला जस्तो लाग्दैन ।देश विकास नभएको पूनर्संरचना नभएर होइन । राम्रो भिजेनेवल नेता नहुँदा देश विकास नभएको हो । अब हुने चुनावले योग्य मानिसले जितेभने नेपालको विकास सम्भव छ । देबिका के सि गुरुङ्ग अमरभुमी ७, बाग्लुङ आवधिक निर्वाचन लोकतन्त्रको मुटु हो । नेता जनता र जनाताले नेता छान्ने यो प्रक्रिया निरन्तर भइ नै रहनु पर्दछ । २० वर्षपछि भएपनि चुनाव हुन लागेको मा खुशी लाग्यो । म पनि सम्भव भए सम्म चुनावमा भोट खसाल्न नेपाल जाने तयारीमा छु । ४ महिना भयो नेपालबाट आएको संभव भए सम्म जाने कोशिस गरीरहेको छु । बिदा नमील्नेहरुका लागि पनि यहीँबाट भोट दिन मिल्ने बनाउनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ । अबु अलि, पुतलीबजार, स्याङ्जा धन्यवाद यहाँको जिज्ञासाको लागि । बास्तवमा भन्नू पर्दा यो हामी सम्पूर्ण नेपालीको लागि अवसर हो यति लामो समय पछि देशमा स्थानीय तहको निर्वाचन हुँदैछ हामी युवाहरुको व्यापक सहभागिता हुनुपर्छ यो समाज गाउँ जिल्ला र समग्र देश निर्माण गर्ने आउँदो बाटो हो बिदेशमा बसेर चुनावमा प्रत्यक्ष सहभागिता जनाउन नसकिने भएकोले म चुनावमा भोट खसाल्नकै लागि नेपाल जाँदैछु । हाम्रो भन्दा राम्रो प्रतिनिधि चुनेर पठाउन सकियो भने पक्कै नि देश समृद्ध बन्छ । मुलकका स्थानीय निकायहरु दुई दशक स्थानिय निकाय प्रतिनिधि बिहिन बन्नु भनेको जिर्ण अबस्थामा रहेको घरले मालिकको पुनरागमन पाउनु सरह हो मतलब के अमृत शाही धनगढी उपमहानगरपालिका ६ हो भने मालिक लामो समय पछि घरमा जसरी घर को सरसफाइ,रंग रोगन गरेर चम्काइन्छ अब त्यो हुन्छ भन्ने आमनागरिकले व्यग्र प्रतीक्षा गरेका छ्न । स्थानीय तहको नयाँ पुनर्संरचना बनाइको छ एकदम राम्रो छ । कसरी भने तहबाट विकासको सुरुवात जसको गाउँ जसको शहर उसैले निर्माण गरोस् किन कि आफ्नो घर गाउँ कसरी बनाउनु पर्छ त्यो बस्ती त्यो घर भित्र बस्नेलाई थाहा हुन्छ । अहिले को संरचना ले त्यो अवसर दिएको छ । आफ्नो घर आफैले बनाउँदा आफू बस्ने भएकोले पक्कै पनि राम्रो बन्छ पुर्ण आशावादी छु, रहनु पर्छ। लामो अन्तराल पछि स्थानीय तहको चुनाव हुँदैछ । आफू जाने सहभागी हुने,राम्रा प्रतिनिधि चुन्ने र हामीले विदेशमा देखेको नीति नियम पालना, विकासको पद्धति र विदेशीले गरेको मिहनेतलाई नेपालमा प्रयोग गर्ने अवसर पाइएको छ एकदम उत्साहित छु । मेरा सहकर्मी र बाध्यताबस विदेसिएर केही सिकेका जानेका बुझेका दाजुभाइ दिदीबहिनीलाई नेपाल फर्केर चुनावमा प्रत्यक्ष सहभागि हुन अनुरोध गर्दछु । म पनि नेपाल मतदान गर्न जाने कोसिस गरिरहेको छु। सरकारले ल्याएको स्थानीय निकायको नयाँ संरचनाले देशमा केही नयाँ आयाम दिने संकेत दिएको छ । सबैले सकारात्मक रहेर सहयोग गर्नुपर्छ । सरकार ले बीस वर्षपछि गर्न लागेको स्थानीय तहको निर्वाचन बास्तबमा भन्ने हो भन्ने यो आफै मा अति आवश्यक र महत्त्वपूर्ण रहेको छ । म भन्छु सबै नेपालीले चुनाव मा भाग लिनु पर्छ यो हाम्रो अधिकार भित्रको कुरा हो । तर, म आफैँ भने यो चुनावमा भाग लिन सक्दिन किन कि प्रवास को भूमिमा छु । सबैले भन्ने बित्तिकै घर जान कहाँ पाउँछन् र ? डिल्लीराम भट्टराई देबदह नगरपालिका ७, रुपन्देही यदि नेपाल सरकारले आफ्नो देशमा नै रोजगार को अवसर सिर्जना गरिदिने भए म जस्ता लाखौ युवाले पनि आफ्नो अमूल्य भोट को प्रयोग गरि असल ब्यक्ति चुन्ने अवसर मिल्ने थियो र चुनावमा सामेल हुने वातावरण पनि बन्ने थियो । नयाँ स्थानीय तहको पुनर्संचना गर्दैमा विकास अोइरिने होइन, त्यसका लागि योग्य व्यक्ति छनौट हुनुपर्छ । हाम्रो गाउँ-ठाउँको विकासका लागि राम्रो नेतृत्व गर्ने मानिसलाई जिताउनुपर्छ । हामीले राम्रो नेतृत्व चयन नै गर्न सकेनौ भने विकास पनि हुँदैन । मलाई अाशा छ धेरै नेपालीले यसपाली आफ्नो विवेकको प्रयोग गर्नेछन् । मेरो भनेर होइन राम्रो मान्छे भनेर समर्थन र मतदान गर्नुपर्छ जस्तो मलाई लाग्छ। अहिले सरकारले स्थानीय तहको पुनर्संरचना गरि स्थानिय तहको निर्वाचन मिति बैशाख ३१ गते गर्ने घोषणा गरेको छ । यो नेपाली जनताकोलागी खुशीको कुरा हो । २० वर्ष मीनराज पुन त्रिपुर न पा १ दाङ सम्म हामी नेपाली जनताहरु जनप्रतिनीधि बिहीन बन्न पुग्यौं । २० वर्ष पछि बल्ल नेपाली जनताले आफ्नो प्रतिनीधि आफैँचुन्ने अवसर पाएकाछौं यसलाई सहि सदुपयोग गर्न सक्नुपर्दछ । । त्यसैले संविधान कार्यान्वयनको लागि भएपनि स्थानीय तहको चुनावको आवश्यकता छ । नेपालबाट आफ्नो घर खर्च चलाउनको लागी विभिन्न देशमा पुगेका हामी नेपालीहरु मतदानबाट बन्चीत भएका छौं । दुर्भाय नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण बनाइदिनुपर्छ । तर सरकारको ध्यान त्यसतर्फ जान सकेन र हामीलाइ त्यो अवसरबाट बन्चित गराइयो । विदेशमा रहेका ५० लाख भन्दाबढी नेपाली युवाले कमाएर पठाएको रेमिटयान्सले देशको अर्थतन्त्र चलेको कुरा सर्वविदितैछ । त्यसैले अहिलेको चुनावमा घरमा जान सकिएन हामी अहिले प्रविधिको युगमा भएको कारणले नेटको माध्यमबाट चुनावको प्रचार-प्रसार गर्ने गरेको छु । घरमा रहेका मेरापरिवारलाइ चुनावमा भाग लिन अनुरोध गरेको छु । मलाइ लाग्छ यो चुनाव भएपछि विकासले गति लिनेछ तर संविधान कार्यान्वयनको लागि भने धेरै जटिल देखिन्छ । हाम्रो जस्तो देशमा बहुभाषिक बहुजाती, बहुसांस्कृतिक र अर्थतन्त्रको हिसाबले पनि कमजोर भएको देशमा संघीयतालाई खारेज गरेर २५० वर्ष पुरानो सामन्ती केन्द्रीकृत एकात्मक शासन व्यवस्था अन्त्य गराई स्थानीय स्वशासनसहितको विकेन्द्रीकरणमा आधारित एकात्मक शासन प्रणालीको व्यवस्था कायम गरियो भनेमात्र नेपाली जनताले शान्ति र सुखको सास फेर्न पाउने छन । बिगत २० वर्ष देखि हुन नसकेको स्थानीय चुनाव आगामी बैसाखमा गराउने सरकारी घोषणाले स्वदेशदेखि परदेशमा रहने आम नेपाली जनतामा खुशी छाएको छ । बिष्णु खत्री अङ्किता गुल्मी, नेटा २, हाल दोहा, कतार यद्यपि बेरोजगारी को कारण जन्मभुमि छोडेर परदेशलाई कर्मभूमि मान्न विवस हामीजस्ता आम युवालाई चुनावमा सहभागी हुन साह्रै कठिन अवश्य हुनेछ, संयोगवस मेरो स्वदेश फर्कने समय नजिकिदै आएकोले यस चुनाबी मैदानमा आफु पनि मतदानको लागि सहभागी हुने लक्ष्य राखेकी छु । यसैगरि नयाँ स्थानीय तहको पुनरसंरचना विकास गर्नको एउटा अाधार हो । हाम्रो भविष्य हाम्रै हातमा छ, अन्तरआत्माले चुनिएको व्यक्तिको साथमा छ भन्ने भनाईलाई मनन गरेर सम्पूर्ण मतदाताले हाम्रो र आफ्नो नभएर राम्रो व्यक्ति चयन गर्न सक्ने हो भने मलाई लाग्छ स्थानीय तहदेखि सम्पूर्ण देशले काँचुली फेर्ने छ । वर्तमान तथा भविष्यको लागि सम्पूर्ण नेपालीले सही,योग्य उम्मेदवारको छनोट गरि मतदान गरौं । धन्यबाद ! लोकतन्त्रमा विश्वाश गर्ने हामी सबैको लागि २० वर्षपछि नयाँ संरचना अन्तर्गत हुन लागेको स्थानीय निकायको चुनाव स्वागतयोग्य विषय हो र जनताले आफ्नो गाउँको र नगरको विकाशको भिजन सहित कार्यन्वयन गर्न सक्ने प्रतिनिधि चुन्ने अवसर प्राप्त हुदैछ, यसमा म अहिले प्रवाशमा रहेको भएपनि मेरो गाउँ र नगरभित्र बिकाशबादी,भिजनरी नेतृत्व चुनेर आफ्नो क्षेत्रलाइ बिकशित र सम्बृद्ध बनाउने योगेन कार्की, इटहरी उपमहानगरपालिका-२२ योजनालाई साकार पार्न प्रयाश गर्ने जमर्को गरेको छु, बैदेशिक रोजगारीमा रहेको कारण यसपटक यो चुनावमा म आफै चाही भौतिकरुपमा उपस्थित हुन सक्ने अवस्था छैन र नया संरचना अन्तर्गत मेरो गा.बि.स. इटहरी उपमहानगरपालिकामा मर्ज भएको छ, म आशाबादी छु नया स्थानीय तहको संरचनाको माध्यमबाट मेरो गाउले बिकाशका थप मार्गहरु पहिल्याउने छ । नेपाली जनताले पुरै २० वर्ष पछि स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अवसर पाउनु साह्रै खुशीको कुरा हो । मेरो जानकारी अनुसार प्रत्येक पाँच वर्षमा चुनाव हुन्थ्यो तर लामो सयमदेखि चुनाव हुन सकेन । शान्ति स्थापना पछि स्थानीय चुनाव भइदिएको भए सायद गिता निश्चल तुल्सिपुर, दाङ्ग आज हाम्रो देश विकासले धेरै अघि फड्को मार्ने अवस्थामा पुगेको हुन्थ्यो । स्थानीय तहमा आएको बजेट चुहावट हुदैन थियो होला तर ढिलै भएपनी सरकारको आँखा खुलेको देखेर गर्व पनि लागेको छ । अब देश मा केही हुन्छ कि भन्ने आशाको जगाएको छ । जसरी स्थानीय तहको चुनावलाइ सरकारले सफल पार्न तीव्र तयारी पारेको छ, त्यसै गरि जनताले पनि साथ दिनुपर्छ । जहाँ सम्म प्रवासबाट स्थानीय चुनावमा जाने तयारीको कुरा छ, सम्भव भए सम्म चुनाव मा जानू पर्छ किन भने हाम्रो एक भोटको निकै महत्व हुन्छ । गाउँपालिका/ नगरपालिका चुनावमा भिजिनेवल र विकासशील मानिसलाई जिताउनुपर्छ । म प्रवासमा रहेपनि चुनावमा भोट खसाल्न जाने बिचारमा छु । तर, यहाँ आफुले सोचे जस्तो हुदैन कम्पनिले छुट्टी दिन्छ दिदैँन । हाम्रो माग भने काम विशेषले नेपाल फर्कन नपाउनेहरुलाई सरकारले प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइदिए हामी सबै प्रवासी नेपाली हरुलाइ सहज हुने थियो । बिष्णुलाल श्रेष्ठ बेसिशहर नगरपालिका- २, लमजुङ अत्यन्तै समय सापेक्ष प्रश्न र जनचासोको विषय, हामी प्रवास लागेकाहरु २० वर्ष बाट मात्र होइन कयौं वर्ष यता आफ्नो मतदान गर्ने हक अधिकार बाट बन्चित छौं । यो सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति नभएको सर्वबिधितै छ । यद्यपि गलत राजनीतिको मार भोग्ने तपाईं हामी जनताले नै हो । यो अर्थमा हाल हुन लागेको स्थानीय तहको पुनर्संरचना स्वागत योग्य ठानेको छु । स्थानीय स्तरको चुनावमा जाने तयारी भन्दै गर्दा मैले दुई तरिकाबाट बुझे प्रवासी हरु मतदान दिनैका लागि नेपाल जाने वा नेपाल सरकार बाट प्रवास मा रहेकाहरुको मतलाई पनि मुल्यांकन गर्ने भन्ने कुरा आउँछ । तसर्थ एक प्रवासी को हैसियत ले प्रवास मा बसेर नै मतदान गर्ने सुविधाको वा प्रवासमा रहेकाहरुको मत को सम्बोधन गरिनु पर्छ भन्ने मेरो माग रहेको छ । म भौतिक रुपमा भन्दा बौद्धिक रुप मा स्थानिय स्तर को चुनावका लागि पुर्ण तयारी मा छु । अर्को बिषय रह्यो विकास का कुरा , हामी नेपालीहरू आफ्नो आवश्यकता परिपुर्ती लाई नै विकास भन्ने भ्रम पालिरहेका छौँ । जस्ले जनतामा सुख भोगी बनाउछ तर वास्तविक रुप मा रास्ट्र ले विकास को गति मारेको भने हुँदैन । त्यसैको फल स्वरुप आज नेपाल अविकसित रास्ट्र,गरिव देश भनेर चिनिदै छ । विकास भन्ने कुरा प्रविधि को विकास संगै जोडिएको हुन्छ अनि आफ्नै प्राकृतिक सम्पतीहरुको अधिकतम प्रयोग संग जोडिएको हुन्छ । विकासका लागि नितिगत रुपमा र भौतिक रुप मा फेरवदल गरिन जरुरी छ। नेपालको नया संविधानले स्थानिय स्तरको क्षेत्र फराकिलो बनाइएको छ पक्कै पनि हामी संग थुप्रै अमूल्य स्रोत साधनहरु छन र त्यसलाई स्थानिय स्तर बाट नै अधिकतम रुपमा प्रयोगमा ल्याउन सके विकास अवस्य पनि हुनेछ र समुन्नत नेपाल हाम्रो पालामा देखन पाईने छ।
माइती नेपालले गर्यो पाँच महिलाको उद्धार
८ चैत, २०७३
झापामा एकहजार १६५ जनामा हात्तीपाइले
८ चैत, २०७३
साउदी अरबले दियो ९० दिनको आममाफी
८ चैत, २०७३
आईजीपी नियुक्त्ति विवाद, निर्णय आज आउने
८ चैत, २०७३
राप्रपा झडपमा कोमल ओली घाइते
७ चैत, २०७३
चिनियाँ रक्षामन्त्री नेपाल आउने
७ चैत, २०७३
परीक्षाफल प्रकाशित
७ चैत, २०७३