यस्तो रहनेछ आजको मौसम
२० साउन, २०८१
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा
२० साउन, २०८१
भारतविरुद्ध नेपालको ऐतिहासिक जीत
१९ साउन, २०८१
आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु
१९ साउन, २०८१
मिस नेपाल २०२४ को उपाधि आश्माकुमारीलाई
१९ साउन, २०८१
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
१९ साउन, २०८१
सेयर धितोकर्जाको संस्थागत २० करोडको सीमा हट्यो
१८ साउन, २०८१
सुनको मूल्य झण्डै डेढ लाख, बन्यो नयाँ रकेर्ड
१८ साउन, २०८१

