तटीय क्षेत्रको २० मिटर भित्र भौतिक संरचना बनाउने अनुमति छैन : मेयर बालेन
१७ साउन, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नरहेको बताएका छन् । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई महानगरले कार्यान्वयन गर्दै आएको भन्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘तटीय क्षेत्रको थप २० मीटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्न अनुमति मिल्ने छैन ।’ काठमाडौंमा बाढीले तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएपछि उनले काठमाडौंका नदी–खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई अब थप प्रभावकारी बनाइने बुधबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । बालेनले मापदण्डलाई पालना नगरे महानगरले उचित कदम चाल्ने चेतावनी समेत दिएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यकाभित्र बग्ने वाग्मती, विष्णुमती, मनाेहरा नदी किनाराकाे कम्तिमा २० मीटर भित्रकाे जग्गालाई र अन्य खाेला किनाराकाे कम्तीमा ४ देखि १२ मीटर भित्रकाे जग्गालाई नेपाल सरकार, मन्त्रिपरिषदकाे २०६५/८/१ काे निर्णयले निर्माण निषेधित क्षेत्र (No Construction Zone) घाेषणा गरेकाे थियाे । त्यसैगरी,सर्वाेच्च अदालतबाट मिति २०८०/९/३ मा जारी परमादेशकाे पूर्णपाठले सरकारी मापदण्डकाे साथै थप २० मीटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घाेषणा गरेकाे छ । यस्तो छ मेयर बालेनको स्टाटस
एमालेको सचिवालय बैठक बस्दै
१७ साउन, २०८१
बिहीबारको विदेशी मुद्राको विनिमय दर
१७ साउन, २०८१
राष्ट्रपतिद्धारा तीन प्रदेश प्रमुख नियुक्त
१६ साउन, २०८१
हेर्नुहोस् आज सुनचाँदीको मूल्य
१६ साउन, २०८१
देशभर डेंगीको संक्रमण, सबैभन्दा धेरै काठमाडौंमा
१६ साउन, २०८१
हमासका नेता हानियाको इरानमा हत्या
१६ साउन, २०८१

