एभरेष्ट दैनिक

नेपाल जुनियर फुटबल क्याम्पमा सहभागी हुन ३० हजार शुल्क

काठमाडौं, फागुन ४ । एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टको आयोजनामा नेपालमा एसी मिलान जुनियर फुटबल क्याम्प संचालन हुने भएको छ । उक्त क्याम्पमा सहभागी हुनका लागि खेलाडीहरुले भने प्रतिव्यक्ति ३० हजार तिर्नुपर्नेछ । भक्तपुरस्थित मध्यपुर युथ एसोसियसन क्लबको मैदानमा चैत ८ गतेदेखि एक सातासम्म सो क्याम्प सन्चालन हुनेछ । इटालीको प्रतिष्ठित घरेलु लिग सिरी ‘ए’को टोली एसी मिलानसँगको सहकार्यमा नेपालमा क्याम्प सन्चालन हुन लागेको हो । नेपाली युवा खेलाडीहरुलाई एक सातासम्म एसी मिलानको एकेडेमीमा प्रशिक्षण गराइरहेका प्रशिक्षकहरुबाट फुटबल प्रशिक्षणका साथै अरु व्यावहारिक तथा सैद्धान्तिक शिक्षा प्रदान गरिने जनाइएको छ । सहभागीताका लागि खेलाडीले फागुन १७ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने छ । आयोजक एट्लान्टिक स्पोर्टस म्यानेजमेनटका सन्चालक हरि खड्काले एसी मिलानजस्तो विश्व चर्चित क्लबको क्याम्पमा नेपाली युवा खेलाडीले प्रशिक्षण गर्न पाउँदा खेलाडी र समग्र नेपाली फुटबललाई नै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।