एभरेष्ट दैनिक

महाधिवेसशअघि राप्रपाको अध्यक्षमा थापा निर्विरोध हुने

काठमाडौं, फागुन ५ । महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजानत्त्र पार्टीका अध्यक्ष कमल थापा नै हुने भएका छन्  । अध्यक्षका दावेदार मानिएका अन्य तीन नेताहरु हालका राष्ट्रिय अध्यक्ष डा. प्रकाहचन्द्र लोहनी, लोकेन्द्र बहादुर चन्द र पशुपतिशमशेर राणा सर्वसम्मत रुपमै थापालाई अध्यक्ष बनाउन तयार भएका हुन् । महाधिवेशनको दुई दिन अघि नै थापाको नाममा सर्वसम्मति जुटेको हो । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेसन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ । यो खबर आजको कान्तिपुरमा छ ।