एभरेष्ट दैनिक

आहा रारा गोल्डकपको उपाधि मनाङले जित्यो

कास्की, माघ १५ । सहारा क्लबलाई हराउँदै पन्ध्रौँ आहा रारा गोल्डकप फुटबलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । साहारालाई घरेलु मैदानमै १–० गोल अन्तरले पराजित गर्दै मनाङले पाँचौ पटक उपाधी जितेको हो । पोखरा रंगशालामा शनिबार साबिक विजेता मनाङ र आयोजक सहाराबिच भएको खेलको ७० औँ मिनेटमा कमल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो । तीन वर्षअघि भएको प्रतियोगितामा सहाराले मनाङलाई नै हराएर एकपटक उपाधि जितेको थियो । प्रतियोगिताको विजेता मनाङले पाँच लाख ५१ हजार १ रुपैयाँ र उपविजेताले सहाराले दुई लाख ५१ हजार १ रुपैयाँमा पाएको छ ।