एभरेष्ट दैनिक

जानिराखौं कति तौलका मानिसले कति पानी पिउने ?

काठमाडौं, माघ १५ । दैनिकरुपमा मानिसले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि कम्तीमा पनि २ गिलास वा २ लिटर पानी पिउनुपर्ने डाक्टर तथा पोषणविज्ञहरुले सल्लाह दिएका छन् । मानिसहरु जाडोयाममा त झन् पानी पिउनै गाह्रो मान्ने हुँदा यसले शरीरमा पानी मात्रा कम हुने सम्भावना बढी रहने देखिन्छ । त्यसले पानी उमालेर पिउनाले सबैभन्दा बढी फाइदाजनक रहेको छ । तर, दैनिकजसो कत्रो मानिसले कति पानी पिउने भन्ने कुरा उसको शरीरको वजन वा तौल तथा जिउडालमा भर पर्छ । आफ्नो तौल अनुसार कति पानी पिउने ? यसका सुत्र जानिराखौं:  पानी पिउनुअगाडि आफ्नो वजनलाई विशेष ध्यान दिनु अझल राम्रो हुनेछ । आफ्नो तौल कति छ त्यो थाहा हुनु जरुरी छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी सरीरमा विषाक्त पदार्थको निष्कासनदेखि लिएर मेटाबोलिज्म तथा पाचन क्रियाजस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ । यसरी पिउनुहोस् पानी आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २।६ लिटर पानी पिउनु पर्छ। व्यायामका बेला धेरै पानी व्यायामका बेला सरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ । शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । शरीरमा २०।२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउन ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ ।