एभरेष्ट दैनिक

निर्वाचन आयोगलाई पुर्णता दिन संवैधानिक परिषदको वैठक बस्दै

काठमाडौं, माघ १४ । निर्वाचन आयोगलाई पूर्णता दिन  बिषयमा छलफल  गर्न सिंहदरवारमा अपरान्ह २ वजे संवैधानिक परिषदको वैठक आज वस्दैछ ।   निर्वाचन आयोगमा रिक्त ३ जना आयुक्त नियुक्ती सिफारिस सम्बन्धमा आज हुने बैठकमा छलफल हुने  प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारले निर्वाचन मिति घोषणाको तयारी अन्तिम चरणमा पुर्‍याएको र आवश्यक कानुन निर्माणले पनि गति लिँदै गरेको अवस्थामा आजको बैठकले आयोगलाई पुर्णता दिने विषयमा छलफल गर्नेछ । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्त सहित ५ जना रहेने ब्यवस्था छ तर हाल प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव र आयुक्त इला शर्मा मात्र छन् । परिषद्ले यही महिनाभित्र आयोगलाई पूर्णता दिने लक्ष्य राखेको छ ।