खाद्य तथा पेयपदार्थमा उच्च मिसावट, २२ उद्योगविरुद्ध मुद्दा
२० मंसिर, २०७३
काठमाडौं, मंसिर २० । बजारमा बिक्री हुने अधिकांश खाद्य तथा पेयपदार्थमा उच्च मिसावट हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुसन्धानले खाद्यान्न, पानी, तेल, घिउ र दुग्धजन्य पदार्थमा मिसावट बढी हुने गरेको देखाएको हो । बजारमा व्यवसायीले नाफा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने दूषित उत्पादन बिक्री गरेको अध्यनले देखाएको छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मदन चापागार्इंले खानेपानी, दुग्धजन्य पदार्थ, तेल, घिउ, खाद्यान्नमा बढी मिसावट पाइएको जानकारी दिए । “बजारमा बढीमात्रामा खाद्यान्न तथा पेयपदार्थमा मिसावट हुन्छ,” उनले भने, “चार महिनामा दूषित उत्पादन गर्ने २२ उद्योगलाई कारबाही गरिएको छ ।” दूषित खाद्यान्न तथा पेयपदार्थको उपभोगले स्वास्थ्यमा झाडापखाला, आउ, जन्डिस, अल्सरदेखि क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ । विभागका अनुसार प्रशोधित खानेपानीमा पीएच(अम्लियपन)को मात्रा घटबढ, हानिकारक सूक्ष्म जीवाणु, प्रशोधन नगरिकन वितरण गर्ने जस्ता समस्या देखिने गरेको छ । पानीमा पीएचको मात्रा ०.५ देखि ०.८ भन्दा घटबढ हुन नहुने मापदण्ड भए पनि बजारमा वितरण हुने अधिकांश ब्रान्डको पानी धेरै समस्या देखिएको छ । विभागको अनुसन्धानले शुद्ध दूधमा कोलिफर्मको मात्रा धेरै, कास्टिक सोडा प्रयोग र एसएनएफको मात्रा कम देखाएको छ । विभागका अनुसारमा दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत र एसएनएफ (चिल्लो बाहेकको दूधमा ठोस पदार्थ)कोमात्र आठ प्रतिशत हुनुपर्ने मापदण्डअनुरूप नभएको विभागको अनुसन्धानले देखाएको छ । दूधमा कोलिफर्म फोहोर, दिसा–पिसाब गाईवस्तुको मलमुत्र, फोहोर पानीको प्रयोगले देखिन्छ । आजको कारोबार दैनिकमा खबर छ ।
‘रसियाली हवाई आक्रमण’बाट सिरियामा छ्यालिसको मृत्यु
२० मंसिर, २०७३
भट्टराई-यादव एकताले गति लियो
२० मंसिर, २०७३
राष्ट्रपति कार्यालय पुरानै स्वरुपमा नयाँ बनाइने
२० मंसिर, २०७३
सरकारले अब संस्थानमा लगानी नगर्ने
२० मंसिर, २०७३
देउवाले ओलीलाई ‘मिस्टर’ चुपलाग्नुहोस् भनेपछि…
२० मंसिर, २०७३
को–को पुगे राष्ट्रपति निवास ?
१९ मंसिर, २०७३
बेहुली झै सिंगारियाे रामजानकी मन्दिर
१९ मंसिर, २०७३
हात गुम्याे तर हिम्मत गुमेन
१९ मंसिर, २०७३
एटिएमबाट पैसा चोर्न विदशी सिपालु
१९ मंसिर, २०७३
दि एक्सेल्सिएर कपमा २८ विद्यालय सहभागी हुने
१९ मंसिर, २०७३
स्वर सम्राटलाई सम्झिँदै भव्य कार्यक्रम
१९ मंसिर, २०७३
अनसन तोड्दै डा.केसीले यसो भने
१९ मंसिर, २०७३
व्यवस्थापिका वैठक मंसिर २२ गते बस्ने
१९ मंसिर, २०७३
मंसिर २८ मा राष्ट्रिय ज्यापू दिवस मनाइने
१९ मंसिर, २०७३
यस्तो रहेछ टोपबहादुरको असन्तुष्टि ?
१९ मंसिर, २०७३
पीडितलाई सहयोग
१९ मंसिर, २०७३