एभरेष्ट दैनिक

एमालेसँग देउवा अाक्रोशित भने– ‘कुनै हालतमा संशोधन प्रस्ताव फिर्ता हुँदैन !’

चितवन, मंसिर ३० ।  नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुँने स्पष्ट पारेका छन् । बिहिबार भरतपुरमा चितवन कांग्रेसको २ महिने जागरण अभियानको उदघाटन गर्दै उनले भने– ‘बरु प्रस्ताव फेल होस, फिर्ता हुँदैन । देउवाले संसद अवरुद्ध गरेर विपक्षी एमालेले संसदीय अभ्यासलाई असहयोग गरेको आरोप लगाए । उन भने– ‘एमालेले कति दिनसम्म संसद चल्न दिदैन हेरौं । संसोधन प्रस्ताव पास गर्न एमालेले सघाउनु पर्छ, असहयोग गरे उसैलाई घाटा पुग्छ ।’ प्रमुख तीन दलबीच संविधान संशोधन प्रस्तावलाई निष्क्रिय बनाएर स्थानीय निकाय निर्वाचनमा जाने सैद्धान्तिक सहमति भएको चर्चा चलिरहेका बेला सभापति देउवाले जसरी भएपनि संशोधन प्रस्ताव फिर्ता नहुँने स्पष्ट पारेका हुन् । एमालेले संसोधन प्रस्तावमा अवरोध पुर्‍याएर मधेशी–पहाडी झगडा गराउन खोजेको आरोप लगाए । एमाले जस्तो राजनीतिक पार्टीले नेपाली नागरिक बीच दुरी बढाउनु राष्ट्र बिरोधी कदम भएको उनले बताए । आगामी स्थानीय, प्रान्त र संघीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनेगरी काम गर्न कार्यकर्तालाई उनले निर्देशन दिए ।