चिसोले कष्टकर बन्दै जनजीवन
२७ मंसिर, २०७३
लहान, मंसीर २७ । मौसम परिवर्तन भई एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ । अत्याधिक चिसोका कारण सिराहा जिल्ला अस्पतालसहित स्वास्थ्य संस्थामा दम, रुघाखोकी र निमोनियालगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारी साधनमा यात्रुको चाप घटेको छ । यात्रु नपाई कतिपय यात्रुबाहक बस ग्यारेजमा थन्क्याइएको छ भने कतिपय गाडीको समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताएका छन् । अर्कोतिर अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ ।
अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश
२७ मंसिर, २०७३
बम बिस्फोटनमा १६ जनाको मृत्यु
२७ मंसिर, २०७३
अझैसम्म १३५ घरधुरी शौचालयविहीन
२७ मंसिर, २०७३
दैनिक हिंड्नुको १२ फाइदा के के हुन जानी राखौं
२७ मंसिर, २०७३
साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय
२७ मंसिर, २०७३
लेबनानमा पीडितलाई सघाउँदा घर फिर्ता !
२७ मंसिर, २०७३
बर्दियामा बृृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि
२७ मंसिर, २०७३
लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे
२७ मंसिर, २०७३
भारु नसाटिए पनि समस्या नहुने
२७ मंसिर, २०७३
बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु
२६ मंसिर, २०७३
चिनद्वारा १६ अर्ब ८० करोड सहयोग दिने घोषणा
२६ मंसिर, २०७३

