सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्न चाहन्छौँ : शंकर पोखरेल
१८ जेठ, २०८१
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्न चाहेको बताएका छन्।एमालेको आयोजनामा भएको राष्ट्रिय महिला भेलाको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो। जनताले हामीलाई रोज्दारोज्दै हामीलाई विमुख पार्ने काम भयो । त्यसको अन्त्य हामी मिसन–८४ मा गर्न चाहन्छौँ।” उनले मिसन–८४ का लागि पार्टी बलियो बनाएर एमालेलाई भविष्यको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने बताए।महासचिव पोखरेलले चुनावी प्रतिस्पर्धामा महिलाको सहभागिता अब निर्णायक शक्तिको रूपमा रहनुपर्नेमा जोड दिए। “पुरुषभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ । गाउँमा कुनै कार्यक्रम गर्न थाले महिलाको उपस्थिति धेरै देखिन्छ,” उनले भने। उनले पार्टी सदस्यता प्राप्त गर्ने सवालमा महिलाको सहभागिता अझै कम रहेकाले बढाउनुपर्नेमा जोड दिए। “संविधानतः हामीले ४० प्रतिशत प्रतिनिधित्व स्थानीय तहमा सुनिश्चित गरेका छौँ। तर पार्टी सदस्यताको हिसाबले महिला सहभागिता अहिले पनि २० प्रतिशत छ,” उनले भने, “संविधानको सीमाभित्र पनि हामीले पार्टी सदस्यता विस्तार गर्न सकेका छेनौँ।” उनले महिलाको राजनीतिक सशक्तीकरणको आरम्भ पार्टी सदस्यताको विस्तारबाट हुने बताए। महिलाका लागि मात्र नभई सिंगो समाजको नेतृत्वकर्ता महिला बन्नुपर्ने उनको धारणा छ। कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलासँगै रहने प्रतिबद्धता व्यक्त गरे। भेलामा आज विभिन्न १२ समूहमा सात वटा विषयमा छलफल गरिएको थियो। हिजोदेखि सुरु भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुका तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी पाँच हजार जना सहभागी थिए। रासस
माओवादी केन्द्रको संसदीय दलको बैठक जारी
१८ जेठ, २०८१
मधेश सरकारको नेतृत्व जनमतले गर्ने सहमती
१८ जेठ, २०८१
मकवानपुरमा बस दुर्घटना : २० जना घाइते
१८ जेठ, २०८१
यस्तो रहनेछ आजको मौसम
१८ जेठ, २०८१
काठमाडौंमा चल्यो हावाहुरी
१७ जेठ, २०८१
यी हुन् मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय
१७ जेठ, २०८१
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
१७ जेठ, २०८१
सन्दीपलाई भिसा दिन फेरि अस्वीकार
१७ जेठ, २०८१

