त्रिवि क्रिकेट मैदानमा ६० करोडको संरचना बन्ने
१७ जेठ, २०८१
काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले त्रिवि मैदानको अहिलेको अवस्था र तत्काल स्तरोन्नति गर्नुपर्ने विषयमा विस्तृत रूपमा जानकारी गराए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा करिब ६० करोड रुपैयाँको संरचना बन्ने भएको छ ।बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मैदानको अवलोकन गर्दै मैदान परिसरमा ६० करोडको संरचना बन्ने जानकारी दिएका हुन् । मन्त्री श्रेष्ठले विशेषगरी दर्शकको सुरक्षा प्रमुख रहेकाले यसलाई विशेष ध्यान दिनुपर्नेमा‌ जोड दिए। गेट, शौचालय र खानेपानीजस्ता सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनले मैदान स्तरोन्नतिका लागि क्यान प्राविधिक पक्षमा जानकार भएकाले सम्पूर्ण योजना बनाएर राष्ट्रिय खेलकुद परिषदमा पठाउन पनि क्यानलाई निर्देशन दिए। त्रिवि क्रिकेट मैदानको अनुगमन टोलीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ पनि थिए ।
नेप्से १९.८९ अंकले घट्यो, कारोबार कति ?
१७ जेठ, २०८१
विराटनगरमा प्रधानमन्त्री प्रचण्ड
१७ जेठ, २०८१
प्रधानमन्त्री र नेता खनालबीच
१७ जेठ, २०८१
कान्तिपुरका अध्यक्ष सिरोहिया रिहा
१७ जेठ, २०८१
बजेटमा सरकारका केही नयाँ कार्यक्रम
१७ जेठ, २०८१
भीमफेदीमा कार दुर्घटना, तीन जनाको मृत्यु
१७ जेठ, २०८१
तीन डीआईजीको सरुवा, चारजनाको पदस्थापन
१७ जेठ, २०८१

