सहकारी प्रकरणको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी
६ जेठ, २०८१
काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो । कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् । बैठकमा कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीपनि सहभागी भएका छन् । कार्यदलले आज कार्यादेश बनाउनेछ । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका थिए ।कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।
बागमती प्रदेश प्रिबजेटमाथि आजबाट छलफल
६ जेठ, २०८१
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
६ जेठ, २०८१
कस्तो रहला आजको मौसम ?
६ जेठ, २०८१
काठमाडौंमा आज यो वर्षकै गर्मी
५ जेठ, २०८१
तनहुँमा डुबेर दुई युवकको मृत्यु
५ जेठ, २०८१

