प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
४ जेठ, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको हो। गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
४ जेठ, २०८१
यस्तो हुनेछ आजको मौसम
४ जेठ, २०८१
प्रतिनिधि सभामा धकेलाधकेल, बैठक स्थगित
३ जेठ, २०८१
सदनमा कांग्रेसको अवरोध
३ जेठ, २०८१
कांग्रेसले बोलायो पत्रकार सम्मेलन
३ जेठ, २०८१
डा. गोविन्द केसीको अनसन स्थगित
३ जेठ, २०८१
पूर्वप्रधान सेनापति थापाको निधन
३ जेठ, २०८१

