वर्षमान पुनलाई अर्थमा हरियोले स्वागत, नेप्सेमा सुधार
२३ फागुन, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएपछि नेप्सेले स्वागत गरेको छ । नयाँ गठबन्धन बन्ने दिन ३ पटक सर्किट ब्रेक भएको नेप्सेमा आज ९.३३ अंकले बढेको छ । सत्तागठबन्धनको भागबन्डा भैरहँदा घटेको नेप्से वर्षमान पुन अर्थमन्त्री बन्ने हल्ला सार्वजनिक भएपछि नेप्सेमा सुधार भएको हो ।नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ । आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दोल्टी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशत घटेको छ ।
रास्वपाका ४ मन्त्री यी हुन् मन्त्रालय
२३ फागुन, २०८०
माओवादीद्धारा लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता
२३ फागुन, २०८०
पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक हो
२३ फागुन, २०८०
गण्डकीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२३ फागुन, २०८०
यस्तो हुनेछ आजको मौसम
२३ फागुन, २०८०