त्रिशूली दुर्घटनामा घाइते भएका ३९ यात्रु, कस्को अवस्था कस्तो ? (विवरणसहित)

त्रिशूली दुर्घटनामा घाइते भएका ३९ यात्रु, कस्को अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं ।धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीस्थित त्रिशूली नदीमा बुधबार बिहान बस खस्दा घाइते भएकाहरूको सनाखत भएको छ। तर मृत्यु भएका ७ जनाको भने पहिचान हुन बाँकी छ। 
दुर्घटनामा घाइते ३९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो।
कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै  गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ४ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

यस्तो छ घाइतेको विवरण 
भारत उत्तर प्रदेश सिदार्थ नगर करोन्दा मयिनाथ मा बस्ने वर्ष ३० को टिकुरी चौधरी (टाउकोमा चोट, अवस्था मध्यम), क्यानडा बस्ने विदेशी नागरिक महिला (अवस्था मध्यम), काभ्रे पाँचखाल नगरपालिका बस्ने ३४ वर्षका सुरेश सुनार (खुट्टामा चोट,अवस्था सामान्य), सोही स्थानका २१ वर्षीय रविप्रसाद राजपुत (अवस्था मध्यम), रुपन्देहीकी ५६ वर्षीया शान्ति पौडेल (टाउको र हातमा चोट, अवस्था मध्यम) को काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी। 

यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ६ बस्ने वर्ष ३५ को सैयाद आमद अलि (मुख हातमा चोट अवस्था सामान्य), पोल्यान्डका ४१ वर्षीय टावेल (टाउकोमा चोट,अवस्था मध्यम), काठमाडौँ गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष ५४ को जनक बन्जारा (ढाँड काँधमा चोट, अवस्था मध्यम),  रुपन्देही मधुवनी गाउँपालिका १ बस्ने वर्ष २५ को महमद आशिफ (अवस्था मध्यम), काठमाडौँ चन्द्रागिरि नगरपालिका १० बस्ने वर्ष ५१ को ध्रुव महर्जन (टाउको खुट्टा र ढाडमा चोट, अवस्था सामान्य)।


यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका १२ बस्ने वर्ष १८ का रामनिवास लोद (टाउकोमा चोट, अवस्था सामान्य(, सोही स्थानका वर्ष २२ का केदारनाथ लोद (टाउकोमा चोट, अवस्था मध्यम), वर्ष २२ का अशोक यादव (मुखमा चोट, अवस्था सामान्य) र भारत सिद्धार्थ नगर बस्ने वर्ष २७ को राकेश लोद (हातखुट्टामा चोट, अवस्था मध्यम) को पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी। 

यस्तै रुपन्देही गैडहवा ५ बस्ने वर्ष २८ को दिलीपकुमार चमार (बाँया हात दाहिने खुट्टामा चोट, अवस्था सामान्य),  सोही स्थानका ५७ वर्षीय बाबुराम हजैम (बाँया हात दाहिने खुट्मा चोट, अवस्था सामान्य), काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २० को उत्तम तामाङ, रुपन्देहीका ६ वर्षीय विवश राज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यमण, उनका बुवा वीरेन्द्रराज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यम) को धादिङको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

सोही अस्पतालमा उपचारत घाइतेहरूमा स्याङजा गल्याङ नगरपालिका २ घर भई हाल काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्रहरी जवान वर्ष २६ का शिशिर न्यौपाने, सोही स्थानकी २८ वर्षीया कुसुम ढुङ्गाना, स्याङजा वालिङ नगरपालिका ९ बस्ने वर्ष ४७ को भविश्वर गैरे, प्युठान जिम्रुक ६ बस्ने वर्ष २१ को सञ्जय भुसाल, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका ९ बस्ने वर्ष २६ का सोनाम डोल्मा शेर्पा छन्।

यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका बस्ने १८ वर्षका बलिराम लोद, सोही स्थानका ७ वर्षीय मुक्तिनारायण नाँउ, ४० वर्षीय रमेश नेपाली, वर्ष ५ की काव्य नेपाली, रुपन्देही काराहीमाई गाउँपालिकाकी ३५ वर्षीया निर्मला नाँउ, रुपन्देही संस्कृति नगरपालिका ४ का ३१ वर्षीय अबदुल्ला मुसलमान, भारत उत्तर प्रदेश बगनाउ पत्थरावा बस्ने ३८ का अक्लेशकुमार बानियाँ, काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २९ का विराज लामा, सिन्धुपाल्चोक तातोपानी ९ बस्ने वर्ष ४७ का गगन लावाङ सेन्दुक शेर्पा, रुपन्देही गैडहवा ५ बस्ने वर्ष १८ रमेश चमार पनि घाइते छन्।

यस्तै दुर्घटनामा सामान्य घाइते भएकाहरू प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारत रहेको प्रहरीले जनाएको छ। जसमा रुपन्देहीको सिमारी २ बस्ने वर्ष ४० का ओमप्रकाश यादव, नवलपरासी सुनवल नगरपालिका ४ का वर्ष २३ को राजु नेपाली, रुपन्देही संस्कृति नगरपालिका ६ का वर्ष ३० का अबिबुल्ला मुरुल, बुटवलका २३ वर्षका दया बानियाँ र पाल्पा रम्बादेवीका १८ वर्षीय नविन अर्याल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

उदयपुरमा नालीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मा घरछेउको नालीमा डुबेर दुई वर्षका एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार लिम्चुङबुङ गाउँपालिका–४, बलम्ता घर भई त्रियुगा नगरपालिका–३, मोतीगडा चोक बस्ने देवान राईका छोरा योङहाङ राईको नालीमा डुबेर मृत्यु भएको हो। बालक हिजाे सोमबार खेल्ने क्रममा नालीमा जमेको पानीमा डुबेर मृत अवस्थामा फेला परेको खड्काको भनाइ छ। शवलाई आवश्यक कानुनी प्रकिया पूरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको उनले जानकारी दिए।

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर दिङ्लातर्फ आउँदै गर्दा सडकबाट करीब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार छ जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र चारजना घाइते भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक षडानन्द नगरपालिका–४ केराबारीका ३५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका ३० वर्षीय नवीन तामाङ रहेका छन् । दुवैजनाको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ रहेका छन् । उनीहरूको उपचार नगर अस्पताल दिङ्लामा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट परासीमा मामाघर आएकि चार वर्षिया अनुष्का चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए ।  दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका थिए । ट्रक र चालक भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज ग्राम बस्ने अमरजित बर्मालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। रुपन्देही शुद्धोधन गाउँपालिका ३ रमवापुर घर भएकी उषा चौधरी छठमा छोरी अनुष्कालार्इ लिएर माइत आएकी थिइन् । 

मनाङका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु

मनाङ । हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो ।  उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घले र लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् । पर्यटक पथप्रदर्शक (गाइड) को काम गर्ने थापा शनिबार राति नार्पाभूमि–२, मा केरेला होटलमा बास बसेका थिए ।  उनको सोही होटलमा मृत्यु भएको हो । आइतबार बिहान उनको शवलाई हेलिकप्टरमार्फत उद्धार गरी शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ । यसैगरी, शनिबार नै  मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका गुरुङको निधन भएको थियो । लेक लागेर  बेहोस भएका गुरुङको उपचारको क्रममा निधन भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार काङला फेदी करिब चार हजार पाँच सय मिटरबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा लेक लागेर गुरुङ बेहोस भएका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा दुई जनाको टोलीले एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतका अनुसार नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।