एभरेष्ट दैनिक

ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गरिने

  काठमाडौं । सरकारले ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालमै अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरिने बताएका हुन्। 'अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरी अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानी जस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै हुलाक सेवालाई पुनर्संरचना गरी सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्धता गर्ने नीति पनि ल्याइएको छ ।