एभरेष्ट दैनिक

नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य प्राप्त गर्न अघि बढेको नेपालबाट रोहितले २७ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् । जारी खेलको ११ ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ९६ रन बनाएको छ । नेपालका ओपनरद्वय अनिल साह पाँच र कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल मल्लले १६ रन जोडे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।