बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक
१६ बैशाख, २०८१
काठमाडौं । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज सुरु गरिने भएको छ । मतगणना अघि बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।उनले सबै मतपेटिका बझाङ सदरमुकाम चैनपुरमा आइसकेकाले सर्वदलीय बैठक लगत्तै गणना सुरु गर्ने बताए । लामिछानेका अनुसार विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणनाको तयारी गरिएको हो ।मतगणना सदुरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने जनाइएको छ । हिजो भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन् । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो। बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने
१६ बैशाख, २०८१
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु
१६ बैशाख, २०८१
सुनकोसी मरिण डाइभर्सनको सुरुङ ब्रेक थ्रू २६ गते
१५ बैशाख, २०८१
बझाङमा ४९.१२ प्रतिशत मतदान, आजै मतगणना नगरिने
१५ बैशाख, २०८१
लगानी सम्मेलनलक्षित अध्यादेशको विरोधमा कांग्रेस
१५ बैशाख, २०८१
लगानी सम्मेलन : कुन देशबाट आउँदैन कति प्रतिनिधि ?
१५ बैशाख, २०८१
वेस्ट इन्डिजविरुद्ध नेपालको शानदार जित
१५ बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालका कप्तान रोहितको शतक
१५ बैशाख, २०८१
इलाममा ४३ र बझाङमा ४० प्रतिशत मत खस्यो
१५ बैशाख, २०८१

