यस्तो रहनेछ आजको मौसम
२ बैशाख, २०८१
काठमाडौं ।आज पनि नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।
एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
१ बैशाख, २०८१
कांग्रेसले आइतबार बोलायो संसदीय दलको बैठक
१ बैशाख, २०८१
२०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ घटना
१ बैशाख, २०८१
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
१ बैशाख, २०८१
आजदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला
१ बैशाख, २०८१
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
१ बैशाख, २०८१
यस्तो छ नयाँ वर्षको मौसम
१ बैशाख, २०८१

