एभरेष्ट दैनिक

पर्यटन बोर्डमा उपाध्यक्षको जिम्मेवारी राम प्रसाद सापकोटा ‘कमल’लाई

काठमाडौं ।नेपाल पर्यटन बोर्डको उपाध्यक्षको जिम्मेवारी रामप्रसाद सापकोटा कमललाई दिइएको छ ।सोमबार बसेको नेपाल पर्यटन बोर्डको ३६८ औं बैठकले केही समय अघि मात्र बोर्ड सदस्य चयन भएका सापकोटालाई सो पदमा नियुक्त गरेको हो । लामो समय देखि पर्यटन क्षेत्रमा सकृय रुपले व्यवसायी गर्दै आएका उनी, गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ)को अध्यक्ष समेत बनेका थिए । उनलाई पाँच वर्षका लागि सो पदमा नियुक्ति गरिएको छ । केही समय अघि चन्द्र रिजालको कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको थियो । यसैगरी सो अवसरमा नवनियुक्त अन्य बोर्ड सदस्यद्वय ऋषिराम भण्डारी र राजेन्द्र लामालाई पनि प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा स्वागत गरिएको थियो ।