इलाम र बझाङमा क्रमश: २० र १२ जनाको उम्मेदवारी दर्ता(सूचीसहित)
२४ चैत, २०८०
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएको छ । आगामी बैशाख १५ मा हुने इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि शनिबार(आज) क्रमशः २० र १२ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयले दिएको जानकारी अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । त्यसैगरी बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । इलाम २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतबहादुर राई, जनमतका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेसनल मंगोल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेसनल रिपब्लिकका धनराज रानामगर रहेका छन् । त्यस्तै, प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेहरूमा अर्जुनबहादुर शाही, केशबकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् । बझाङको प्रदेश सभा निर्वाचनमा कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, नेसनल रिपब्लिकका किशोरकुमार खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापा, माओवादी केन्द्रका जनकबहादुर बुढा, एमालेका दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपकबहादुर खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट उम्मेदवार बनेकी छन् । उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ भने २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्न २७ गतेको समय निर्धारण गरिएको छ ।
सुहाङले दर्ता गराए उम्मेदवारी
२४ चैत, २०८०
बोगटीको अभाव महशुस भइरहन्छ : प्रचण्ड
२४ चैत, २०८०

