पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना
१० कात्तिक, २०८०
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मेयर रेनु दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट
९ कात्तिक, २०८०
प्रसिद्ध बौद्ध योगी लामा वाङ्दुको निधन
९ कात्तिक, २०८०
अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट २२ जनाको मृत्यु
९ कात्तिक, २०८०
चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण
९ कात्तिक, २०८०
रूकुम पश्चिममा प्रधानमन्त्री प्रचण्ड
९ कात्तिक, २०८०
रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा
८ कात्तिक, २०८०
इजरायलले माग्यो राष्ट्रसंघका महासचिवको राजीनामा
८ कात्तिक, २०८०
धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते
८ कात्तिक, २०८०
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
८ कात्तिक, २०८०
प्रधानमन्त्री प्रचण्ड बिहीबार रुकुमपश्चिम जाने
८ कात्तिक, २०८०
त्रिदेशीय शृंखलाको उपाधिका लागि नेपाल यूएईसँग खेल्ने
८ कात्तिक, २०८०
गृहमन्त्री श्रेष्ठ नेपाल फर्किदै
८ कात्तिक, २०८०
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
८ कात्तिक, २०८०
यस्तो छ आजको मौसम
८ कात्तिक, २०८०
आज पापाङ्कुशा एकादशी
८ कात्तिक, २०८०