नागढुंगा सुरुङमार्ग : ९८.८० प्रतिशत सुरुङ खन्ने काम पूरा
२३ माघ, २०८०
काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड रुपैयाँभन्दा बढी लागतको आयोजनाको ७० प्रतिशत रकम खर्च भइसकेको आयोजनाले जनाएको छ । सुरुङमार्ग कुल दुई हजार ६८८ मिटर लामो हुनेछ । हालसम्म ९८.८० प्रतिशत अर्थात् दुई हजार ६५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जानकारी गराएको छ । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोजनाको प्रगति विवरण सार्वजनिक गरिएको हो । सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । १२ पुल र फ्लाइओरभर बनाउने काम २७।४८ प्रतिशत पूरा भएको छ । एक हजार ८७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
त्यसपछि उनी कहिले फर्किनन् !
२३ माघ, २०८०
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
२३ माघ, २०८०
यस्तो छ आजको विनिमय दर
२३ माघ, २०८०
संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै
२३ माघ, २०८०
कर्नालीको मर्ममाथि सुर्खेतमा परिचर्चा
२२ माघ, २०८०

