न्युरोडमा पार्किङ निषेधको विरोधमा व्यवसायी आन्दोलित
१० माघ, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरपालिकाले मंगलबारदेखि लागु हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गर्दै व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन शुरु गरेका हुन् ।
काठमाडौँका विभिन्न ठाउँमा हल्का वर्षा
१० माघ, २०८०
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
१० माघ, २०८०
एमाले अध्यक्ष केपी ओली अस्वस्थ
१० माघ, २०८०
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
१० माघ, २०८०
देशको मौसमा आज कहाँ कस्तो ?
१० माघ, २०८०

