लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का
१५ मंसिर, २०८०
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रश्तुत गर्ने कुरालाई सबैले सामुहिक रुपमा जवाफ दिन जरुरी रहेको बताएका छन् । रक्षामन्त्री खड्काले शुक्रवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले शासकीय सुधारहरु, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तिब्र गतिमा अघि बढाउन आवश्यक रहेको बताए । मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको बताए । उनले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको बताए । उनले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गरे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने उनको भनाइ थियो । उनले मुलुकसँग यतिबेला १० महिना भन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको पनि बताए । अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइ नसकेको उल्लेख गरे । कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको बताए । उनले यो शासन प्रणालीको विकल्प नरहेको बताए । वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्ने बताए ।
सुनको मूल्य घट्यो, कतिमा हुदैंछ कारोबार
१५ मंसिर, २०८०
नेपाल आयल निगमद्वारा स्थायी कर्मचारी माग
१५ मंसिर, २०८०
यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय
१४ मंसिर, २०८०
मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
१४ मंसिर, २०८०
इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति
१४ मंसिर, २०८०
नेप्से १८.०६ अंकले घट्यो
१४ मंसिर, २०८०
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग
१४ मंसिर, २०८०
हमास र इजरायलबीच युद्धविरामको समयावधी सकिँदै
१४ मंसिर, २०८०
कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा
१४ मंसिर, २०८०
हमासको दाबी – तीन बन्दीको मृत्यु भइसक्यो
१४ मंसिर, २०८०
नेपाल सुपर लिग : आज धनगढी र बुटवल लुम्बिनी खेल्ने
१४ मंसिर, २०८०

