रास्वपामा स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी
१२ मंसिर, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ। रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। त्यही अनुसार नै वैशाख १० को उपनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउन लागिएको एक नेताले जानकारी दिए। उनका अनुसार अहिले महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमै उनलाई उपसभापति बनाउने तयारी छ। त्यस्तै, रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ। रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ। त्यसमा मोहनबहादुर थापाले ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्। विधानको धारा २३ अनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सक्ने छ। त्यस्तै, विधानको धारा २५ मा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। जसमा सभापति १, उपसभापति २, महामन्त्री १, सहमहामन्त्री २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता १ रहने विधानमा व्यवस्था छ। अहिले रास्वपाको उपसभापति डोलप्रसाद अर्याल ९डिपी० छन्। रास्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समिति छन्। सांसदमध्ये केहीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने रास्वपाको तयारी छ।
हमासको दाबी– सबै बन्दी हामीसँग छैनन्
१२ मंसिर, २०८०
धनुषामा एउटै मञ्चमा १३ जोडीले गरे बिना दाइजो विवाह
१२ मंसिर, २०८०
नेप्सेमा झिनो गिरावट
१२ मंसिर, २०८०
प्रधानमन्त्री र ओलीबीच सिंहदरबारमा भेटवार्ता
१२ मंसिर, २०८०
देशभरीका कारागारमा योग शिविर चलाइने
१२ मंसिर, २०८०
सुदूरपश्चिममा आजदेखि उग्रतारा मेला सुरु
१२ मंसिर, २०८०
वन्दुकसहित युवाहरू पक्राउ
१२ मंसिर, २०८०
काठमाडौंका सडक तथा नदी किनारमा आगो बाल्न निषेध
१२ मंसिर, २०८०
इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम
१२ मंसिर, २०८०
यस्तो छ आजको मौसम विश्लेषण
१२ मंसिर, २०८०
कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता
११ मंसिर, २०८०
सभामुखको गुनासो– ‘बजेट पुगेन’
११ मंसिर, २०८०
गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ छैन : देउवा
११ मंसिर, २०८०

