आगलागीमा परी चार जनाको मृत्यु एक घाइते
९ मंसिर, २०८०
काठमाडौं । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ४ का ३६ वर्षीया राधा बुढा, नौ वर्षीया मानसी बुढा, सात वर्षीय कृष चन्द र १८ महिनाको कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ । यता बर्दिया गुलरिया नगरपालिका ४ का २७ वर्षीया करिश्मा चन्द घाइते भएकी छिन् ।
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
९ मंसिर, २०८०
चेतना नभएका मुर्खहरूले राजतन्त्र मान्छन् : ओली
८ मंसिर, २०८०
कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजार बढि
८ मंसिर, २०८०
यस्तो छ आजको विनिमय दर
८ मंसिर, २०८०
कतारका विदेश राज्यमन्त्री काठमाडौंमा
७ मंसिर, २०८०

