रौतहट र धनगढी लेडी जिसीज कपको फाइनलमा
७ मंसिर, २०८०
चितवन । चितवनमा जारी लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागि रौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्टस एकेडेमी भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनल खेल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई १० ले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा रौतहटलाई जिताउन मेनुका आले मगरले निर्णायक गोल गरिन् । उनले खेलको अतिरिक्त समयमा गोल गर्दै रौतहटलाई उपाधि नजिक पुराएकी हुन् । खेल अवधिभर रौतहटलाई रोकेको गोकर्णेश्वर अन्तिम मिनेटमा सम्हालिन नसक्दा पराजित भयो । मेनुकाले प्लेयर अफ दि म्याच बन्दै पाँच हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै दोस्रो सेमिफाइनलमा गैंडाकोट फुटबल क्लबलाई हराउदै धनगढीले रौतहटसँगको उपाधि भिडन्त पक्का गर्यो । फाइनलमा स्थान बनाउन धनगढीले गैंडाकोटलाई २(० ले हरायो । उसको जितमा कप्तान निरु थापाले एक गोल गरिन् भने अर्को एक गोल धनगढीले उपहार पायो । निरुले २५ औं मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएकी थिन् । ३५ औं मिनेटमा गैंडाकोटकी कप्तान पुस्तिका वाग्लेले आत्मघाती गोल गरिन् । उनले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टको जाली चुम्यो । धनगढीकी कप्तान निरु प्लेयर अफ दि म्याच बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् । उपाधि भिडन्त मंसिर ९ गते शनिबार दिउँसो २ बजे हुनेछ । नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०र१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नेप्सेमा ९ अंकको वृद्धि, कारोबार कति ?
७ मंसिर, २०८०
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
७ मंसिर, २०८०
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
७ मंसिर, २०८०
यस्तो छ मुद्राको विनिमय दर
७ मंसिर, २०८०
भरतपुर घुम्न काठमाडौंमा निम्तो
७ मंसिर, २०८०
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरि मनाइँदै
७ मंसिर, २०८०
मकवानपुरमा भूकम्प, काठमाडौंसम्मै हल्लियो
७ मंसिर, २०८०
२० अंकले बढ्यो सेयर बजार, १ अर्बबढिको कारोबार
६ मंसिर, २०८०

