एभरेष्ट दैनिक

नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुने भएको छ । शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । हिजो हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध खाँणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।