एभरेष्ट दैनिक

सिंगापुरको चौंथो विकेट पतन, पारसको खातामा पहिलो विकेट

काठमाडौं, भदौ १७ । एसिया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपालले आफ्नो चौंथो खेलमा सिंगापुरसँग खेलि रहेको छ । टस हारेर फिल्डीङको मौका पाएको नेपाललाई चौंथो सफलता प्राप्त भएको छ । यसअघि नेपालका लागि सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिएका थिए । यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा सञ्चालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भाग लिंदै छन्।प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।