एभरेष्ट दैनिक

विदेशी सरकार एवं राष्ट्रप्रमुख धमाधम फर्किंदै

काठमाडौं, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन सकेर शुक्रबार सदस्य देशका कार्यकारी प्रमुखहरु धमाधम फर्किंदै छन् । सबभन्दा पहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिहान अपरान्ह १ बजे फर्किंदै छिन भने थाइल्याण्डका प्रधानमन्त्री प्रचुयत १.४०, म्यानमारका राष्ट्रपति विन मिन्ट ४ बजे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ६ बजे फर्किदै छन् । यसैगरी, श्रील‌ंकाका राष्ट्रपति मैत्रिपाला सिरसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ बाङ्चुक भने शनिबार बिहान फर्कने कार्यक्रम छ । फाइल तस्वीर