एभरेष्ट दैनिक

दुई बालिकालाई बन्धक बनाएर बलत्कार गर्ने युवक पक्राउ

काठमाडौं, भदौ २५ । काठमाडौंको कीर्तिपुरमा दुईजना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् । उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको उद्दार गरिएको छ । प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए । दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।