एभरेष्ट दैनिक

चन्द्रकला तीज गीत ‘मुसुक्कै हास मायालु’सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौं २ । नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तीजको कोशेली ‘मुसुक्कै हास मायालु’ सार्वजनिक भएको छ। गीतमा गायिका चन्द्रकलाको शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकलाकै लय सिर्जना गरेका हुन । गीतको अडियो तथा भिडियोलाई पूजा डिजिटल म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो । विभिन्न कारणले माइत घर जान नपाएकी आफ्नी प्रेमीकालाई आगामी वर्ष माइतीको आँगनीमा जानको लागी उनका प्रेमीले आग्रह गरेका छन । भिडियोमा हरिश महराको छायाँकन, चेतन सागरको सम्पादन, शर्मिला पुरीको निर्देशन रहेको छ । भिडियोमा विशाल बराल र देवकुमारी बस्नेतले अभिनय गरेका छन् ।