प्रत्येक वडामा वाइफाई फ्रि !
१४ भदौ, २०७५
बैतडी, भदौ १४ । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ-हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ-हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उनले बताए । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ । उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ । यस्तै, उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ-हाजिरी, इ-पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ । -रासस
सरकारसँग वार्ता नगर्ने विप्लवको घोषणा
१४ भदौ, २०७५
७५ बर्षीया वृद्धा एक कक्षामा पढ्दै !
१४ भदौ, २०७५
दोषीलाई कडा कारवाहीको माग
१३ भदौ, २०७५
बिमस्टेक शिखर बैठकका एजेण्डा तय
१३ भदौ, २०७५
काश्मीरमा आक्रमण, ४ जनाकाे मृत्यु
१३ भदौ, २०७५
कारबम आक्रमणमा ५ प्रहरीसहित ११ को मृत्यु
१३ भदौ, २०७५
चुटकिला: अर्काे बुवा खोजिदिउँला !
२ भदौ, २०७५