एभरेष्ट दैनिक

यस्तो बेला सेक्स नगरेकै राम्रो

यौन मानवीय जीवनको स्वाभाविक आवश्यकता हो भन्नेमा दुई मत छैन। यो जीवनको सबैभन्दा महत्वपूर्ण पाटो पनि हो। कयौं अध्ययनहरूले दिनहुँ सेक्स गर्नाका थुप्रै फाइदाहरू समेत बताएका छन्। तर कतिपय अवस्थामा भने यौन साथीहरूबीच शारीरिक सम्बन्ध नभएकै राम्रो हुन्छ। यसमा दुबैको शारीरिक र मानसिक भलो हुने विज्ञहरूको भनाइ रहेको छ। हेरौं कुन कुन अवस्थामा सेक्सबाट टाढै बस्नु राम्रो हुन्छ: संक्रमण भएको बेला यदि गुप्ताङ्गमा कुनै प्रकार संक्रमण छ या कुनै यौन रोग लागेको छ भने यस्तो अवस्थामा सेक्स नगरेकै राम्रो होअगर आपको । यस्तो अवस्थामा कण्डमको प्रयोग समेत त्यति सुरक्षित मानिँदैन र यौन साथीमा संक्रमण सर्ने सम्भावना रहन्छ। कुनै प्रकारको पीडा भएको खण्डमा हुन र सेक्स गर्दा टाउको दुखेको, या तनावका कारण हुने शरीरको दुःखाइमा फाइदा पुग्ने गर्छ। तर त्यस्तै पीडा यदि गुप्ताङ्गमा भएको रहेछ या कुनै पनि प्रकारको चिलाउने या सुन्निने समस्या देखा परेको छ भने यस्तो अवस्थामा सेक्सबाट टाढै रहनु फाइदा जनक हुन्छ। अन्जान व्यक्तिसँग कुनै अपरिचित व्यक्तिसँग डेटिङ जानु रोमांचकारी हुन सक्छ तर यो अवस्था शारीरिक सम्पर्कसम्म पुग्नु भने त्यति राम्रो हुँदैन। अपरिचित व्यक्तिका बारेमा राम्ररी थाहा नापाएरै ऊसँग शारीरिक सम्बन्ध स्थापित गर्नाले स्वास्थ्य सम्बन्धि मात्रै हैन संवेगात्मक जोखिम पनि उत्तिकै रहेको हुन्छ। सुरक्षात्मक सामग्री उपलब्ध नरहेको खण्डमा यौन साथीसँग सम्बन्ध स्थापित गर्ने मुड बन्यो तर उनले यदि बिना अस्थायी साधन सेक्स नगर्न भन्छिन भने त्यस्तो अवस्थामा पनि सेक्स नगरेकै राम्रो। त्यस्तै महिलाहरूले पनि यदि असुरक्षित सेक्स गर्न मन छैन भने त्यसो नगर्दा नै बेस हुन्छ। कसैलाई भावनात्मक चोट पुग्नसक्ने अवस्थामा हुन सक्छ तपाईं कुनै विवाहित व्यक्तिसँग रोमान्टिक सम्बन्धमा हुनुहुन्छ या तपाईंकोप यौन साथी कुनै अरूसँग नै निकटतामा छ अथवा कुनै व्यक्ति तपाईं प्रति अशक्त छ तर तपाईंलाइ भने ऊ खासै मन पर्दैन भने यस्तो अवस्थामा यौन सम्पर्क नराखेकै राम्रो हो। सेक्स गर्ने मन नभएको अवस्थामा यदि यौवन साथीलाई सेक्स गर्ने मन छैन भने यस्तो अवस्थामा सेक्स नगर्नु नै राम्रो हुन्छ। सामान्यतया: सेक्सलाई कुनै ड्युटीको रूपमा हेर्नुभन्दा पनि दुबै पूर्ण रूपमा तयार रहेको बेला यसो गर्नु राम्रो हो।