अखिल क्रान्तिकारीको निर्वाचनमा २४०५ मतदाता
११ पुष, २०८१
काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन निर्वाचित केन्द्रित भएको छ । यसपटक विद्यार्थीहरुले नीति र नेतृत्व दुबैमा मतदान गर्दैछन् । पुस १३ गते नीति निर्णय लिन देशव्यापी मतदान हुँदैछ भने पुस १७ गते नेतृत्व चयनका लागि प्रादेशिक तहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि मतदाता नामावली सार्वजनिक भएको छ । जसमा कूल २४०५ मतदाता रहेका छन् । पहिलो चरणमा पुस १३ गते ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो । दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो ।
युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला
१० पुष, २०८१
काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने
१० पुष, २०८१
आज क्रिसमस डे मनाइँदै
१० पुष, २०८१
हुम्लामा हिमपात, जनजीवन प्रभावित
९ पुष, २०८१
राष्ट्रपतिसमक्ष पाँच राजदूतको शपथ
८ पुष, २०८१
प्याब्सन दाङकाे अध्यक्षमा न्याैपाने
८ पुष, २०८१
यस्तो रहने छ आजको मौसम
८ पुष, २०८१
यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय
७ पुष, २०८१
सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
७ पुष, २०८१

