रवि लामिछानेविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता, निकितालाई पनि मुद्दा
७ पुष, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको छ। पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको हो। सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग समेत लगाएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा।लि।मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो। गत शुक्रबार यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो। आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदाबी गरिएको छ। एउटा समूहले योजनावद्ध रुपमा सहकारी ठगी गरेको भेटिएकाले सहकारी ठगी, त्यसमा संगठित अपराधको कसुरको अभियोग लगाइएको छ। साथै, सहकारी ठगी गरेको रकम अपचलन गरी शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाइएको जनाइएको छ। १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदाबी मध्ये पूर्वगृहमन्त्री लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । जसमा उनकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ । निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।
पश्चिम नेपालको बदलीले काठमाडौँसम्म असर
७ पुष, २०८१
जनकपुरले उचाल्यो एनपीएलको उपाधि
६ पुष, २०८१
भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा
६ पुष, २०८१
यस्तो रहनेछ आजको मौसम
६ पुष, २०८१
बाजुरामा पाँच म्याग्नेच्युडको भूकम्प
६ पुष, २०८१
मन्त्रिपरिषद् बैठक बस्दै
५ पुष, २०८१
संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै
५ पुष, २०८१

