एभरेष्ट दैनिक

तेस्रो घण्टा बित्न नपाउँदै नेप्से परिसूचक ४ प्रतिशतले बढेर १३०० विन्दुमा

काठमाडौं । साताको पहिलो दिन नेप्से कारोबार भएको तेस्रो घण्टामा ४ प्रतिशतले बढेको छ । कारोबार शूरु भएदेखि बढेको बजार यस समयमा ५० अंक बढेर १ हजार ३ सय विन्दुमा पुगेको छ । यसदिन भएको १ सय ६७ कम्पनीको कारोबारमा रू. ६१ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । लामो समयदेखि घटेको बजारमा यस दिन १० समूहको परिसूचकमा सबै समूहको परिसूचक बढेको छ । बीमा समूहको परिसूचक ६ दशमलव ८१ प्रतिशत, लघुवित्तको ६ शदमलव ५८ प्रतिशतले बढेको छ । यस समयमा पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छभने पाँच समूहको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतसम्म बढेको छ । १० प्रतिशलते शेयर मूल्य बढ्नेमा धरै जसो लघुवित्त कम्पनी रहेको छन् । आर्थिक अभियान दैनिकबाट