एभरेष्ट दैनिक

फेसबुकमा सुसाइड नोट लेखेर पत्रकारले गरे आत्महत्या

बझाङ, फागुन २६ । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन । शुक्रबार साँझ आफ्नो फेसबुक वालमा आमा बुवालाई सम्बोधन गर्दै बोहराले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बोहरा शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रशारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए । रेडियो स्थापनाकै सिलसिलामा दुई महिनाअघि काठमाडौं गएका बोहरा काठमाडौंको एक अनलाइनमा कार्यरत थिए । बझाङ घर भएर काठमाडौंमा पत्रकारिता गरिरहेका प्रताप वलीसँग एउटै कोठामा बस्दै आउको बोहरा केही दिन यता आर्थिक समस्याको कारणले तनावमा रहेको ओलीले जानकारी दिए । शुक्रबार दिउँसो १ बजे तिर कोठाबाट बाहिरिएका बोहराले साँझ ८ वजे तिर बोहराले आत्महत्या गर्न लागेको मोबाइलमा म्यासेज आएको ओलीले बताएका छन । बोहराका श्रीमती र २ वर्षीय छोरा छन् ।