विश्वकप क्रिकेट छनोट : नेपाल र अफगानिस्तान भिड्ने
२५ फागुन, २०७४
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ । सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो । टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ । नेपालले अफगानिस्तानसँगै हङ्कङसँग खेल्न बाँकी छ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भई विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् । रासस
सभामुखमा कृष्णबहादुर महराको उम्मेदवारी दर्ता
२५ फागुन, २०७४
तीन दिनसम्म नेपाल–भारतको सीमा नाका बन्द
२५ फागुन, २०७४
मकवानपुर र गोरखामा सालकको सर्वेक्षण
२५ फागुन, २०७४
फेरि कतिले घट्यो सुनचाँदीको मूल्य ?
२५ फागुन, २०७४
वडा कार्यालयमा बम बिष्फोट
२५ फागुन, २०७४
गुटामा अझै पुगेन सहायता सामग्री
२५ फागुन, २०७४
सालकको सर्वेक्षण मकवानपुर र गोरखामा पनि
२५ फागुन, २०७४