एभरेष्ट दैनिक

राष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु

काठमाडौं, फागुन २३ । राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्तासँगै बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनको आचारसंहिता अन्य निर्वाचन अचारसंहिता जस्तै सम्बन्धित सबै सरकारी निकाय र व्यक्तिलाई लागू हुनेछ। बुधबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता भएको छ। राष्ट्रपतिमा एमाले–माओवादीबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारीलक्ष्मी राईले उम्मेदवारी दर्ता गराएका छन्। यस पटक पाँच वर्षका लागि राष्ट्रपतिको निर्वाचन हुन लागेको हो।