मर्जपछिका मन्त्रालय सञ्चालनमा यस्तो अलमल
२४ फागुन, २०७४
काठमाडौं, फागुन २४ । मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा र नयाँ सांगठनिक संरचना नबन्दा मन्त्रालय सञ्चालनमा अलमल देखिएको खबर आजको नागरिक दैनिकमा छ । सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर १७ बनाए पनि नयाँ संरचनाअनुसार मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो । मर्ज भएर बनेका मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो । मर्ज भएर बनेका मन्त्रालयको सांगठानिक संरचना नबन्दा समेत अन्योल थपिएको छ । मर्जका कारण एउटै मन्त्रालयमा तीन जनासम्म सचिव छन् । तर मन्त्रालयको सांगठानिक संरचना तय नहुँदा विभाग, महाशाखा, शाखा के कति रहने भन्ने नै टुंगो नभएकाले काम थाल्न समस्या परेको मन्त्रालयका सचिवहरु बताउँछन् । नयाँ सरकारगठन भएसँगै संविधानको प्रावधानअनुसार सकारले मन्त्रालयको संख्या तीसबाट घटाएर १७ बनाएको थियो । एमाले र माओवादीले मन्त्री कसलाई बनाउने भन्ने टुंग्याउन नसकेको र संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिता विषयमा छलफल चलिरहेका कारण मन्त्री नियुक्तिमा ढिलाई भएको हो । हाल प्रधानन्त्रीले ६ मन्त्री मात्रै नियुक्त गरेका छन् । यी मन्त्री संरचना पुरानै रहेका मन्त्रालयमा नियुक्त भएका हुन्।
यस वर्षको बजेट १० खर्ब ८३ अर्ब
२४ फागुन, २०७४
छ लेनको सडकमा एम्बुलेन्स नै पर्छ जाममा
२४ फागुन, २०७४
जोर्डनमा घरेलु कामदार पठाउने बाटो खुल्यो
२४ फागुन, २०७४
संसद सचिवालयका ३१ ल्यापटप पूर्वसभासदहरुबाट गायव
२४ फागुन, २०७४
चिनियाँ अधिवेशन र विश्वको चासो
२३ फागुन, २०७४
प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त
२३ फागुन, २०७४
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख परीक्षार्थी
२३ फागुन, २०७४
किन घोषणा भयाे संकटकाल श्रीलंकामा ?
२३ फागुन, २०७४
क्षणिक आवेकका थापाको हत्या
२३ फागुन, २०७४