एभरेष्ट दैनिक

कांग्रेसबाट राष्ट्रपतिमा लक्ष्मी राईको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ, राधा घले लगायत समर्थक छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले आफू विद्या भण्डारीभन्दा सिनियर भएको बताइन् । पार्टीको निर्णय अनुसार उम्मेदवार बनेको भन्दै उनले वर्तमान राष्ट्रपति विद्या भण्डारीसँग प्रतिस्पर्धा गर्न पाउँदा खुसी नै लागेको बताइन्।