न्यायाधीशको परीक्षामा सबै कानुन व्यवसायी ‘फेल’
१२ फागुन, २०७४
काठमाडौं, फागुन १२ । न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको भन्दा आधामात्र परीक्षार्थी सफल भएका हुन् । ३० पदका लागि चार सय २४ जनाले आवेदन दिएका थिए। तीमध्ये तीन सय ७३ परीक्षामा समोल भएका थिए । पहिलोपटक समानुपातिक समावेशी रूपमा लिखित परीक्षाबाट न्यायाधीश छनोट प्रक्रिया अघि बढाइएकामा ३० कोटाका लागि १६ मात्र उत्तीर्ण भएका हुन् । एकभन्दा बढी समूहमा परीक्षा उत्तीर्ण गर्ने १३ जना छन् । आन्तरिक खुलातर्फ मागभन्दा कम संख्या उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा १५ जना माग गरिएकामा १३ जना मात्र उत्तीर्ण भएका छन् । यस्तै खुलातर्फ भने आठ जनाका लागि १५ जनाले लिखित परीक्षा पास गरेका छन् । महिलाको दुई कोटामा एक जनामात्र उत्तीर्ण भएका छन् । आदिवासी जनजातिका दुई कोटाका लागि दुई जनाले मात्र लिखित पास गरेका छन् । महिलाको दुई र दलितको एक कोटामा कुनै उम्मेदवारले पनि परीक्षा पास गर्न सकेनन् । न्यायसेवा आयोगका सचिव नृपध्वज निरौलाले मागभन्दा आधामात्र परीक्षर्थी उत्तीर्ण भएको बताए। ‘३० कोटाका लागि १६ जना उत्तीर्ण भएका छन्,’ उनले भने, ‘अब अन्तर्वार्तापछि एकमुष्ठ नतिजा न्यायपरिषद्लाई हस्तान्तरण गरिनेछ । -गोरखापत्रमा खबर छ ।
मन्त्री छान्ने जिम्मा प्रचण्ड र अाेलीलार्इ
१२ फागुन, २०७४
नेपाली क्रिकेट : छोटो तयारी, ठूलो सपना
१२ फागुन, २०७४
नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने
१२ फागुन, २०७४
मलेसियामा किन जेल पर्छन नेपाली ? यस्तो छ कारण
१२ फागुन, २०७४
सरकारमा सहभागीताका विषयमा एमाले र मधेशी दलबीच छलफल
११ फागुन, २०७४
नेत्री धनकुमारीद्वारा एमाले परित्याग
११ फागुन, २०७४
शाखा अधिकृत प्रथम चरणको नतिजा प्रकाशित
११ फागुन, २०७४
डोनाल्ड ट्रम्पले दिए प्रधानमन्त्री ओलीलाई बधाई
११ फागुन, २०७४