एभरेष्ट दैनिक

पत्निले अरुसँग शारीरिक सम्बन्ध राख्न चाहे के गर्नु हुंछ भनेर सोध्दा के जवाफ दिए ५ पुरुषले ?

एजेन्सी :केही समय अघि बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले ‘माइ लाइफ माइ च्वाइस’ नामक एक भिडियोमा दिएको अभिब्यक्ति यतिबेला निक्कै चर्चामा छ । यही विषयमा बलिउडका अन्य कलाकारले पनि प्रतिक्रिया दिइसकेका छन् । उक्त भिडियोमा महिलालाई सबै कुरामा स्वतन्त्रता हुनु पर्ने र शारीरिक सम्बन्ध राख्नका लागि समेत यही कुरा लागु हुनु पर्ने बताएकी छिन् । तर बलिउडकै अन्य अभिनेत्रीले भने यौनिक स्वतन्त्रता मात्र महिला स्वतन्त्रताको मुख्य विषय नभएको भन्दै असहमति जनाएका छन् । यही सम्बन्धमा भारतको चर्चित पत्रिका टाइम्स अफ इण्डियामा एक महिला लेखकले सनसनीपूर्ण लेख लेख्दै आफूले ५ पुरुष साथीलाई ‘तिमीले आफ्नी पत्निले अरुसँग यौन सम्बन्ध राख्न चाहे के गर्छौं?‘ भनेर सोधेको उल्लेख गरेकी छिन् । जवाफमा कस्ले के भन्यो ? पहिलो पुरुषः महिलाले पतिको अनुमति नभइ बाहिर यौन सम्बन्ध राख्नु हुँदैन । पत्निले अरुसँग शारीरिक सम्पर्क गरेमा पतिलाई जानकारी हुनुपर्छ । दोश्रो पुरुषः यदि मेरी पत्निले यस्तो गरेको थाहा पाएँ भने मलाई दुःख लाग्छ । मलाई थाहा हुनु पर्छ कि किन यस्तो भैरहेको छ । तेश्रो पुरुषः पत्निले अरुसँग यौन सम्बन्ध राखेको थाहा पाएँ भने निक्कै दुःख लाग्ने छ । मलाई ठेस पुग्ने छ । म पत्निसँग बस्न सक्छु कि सक्दिन म भन्न सक्दिन । चौथो पुरुषः यदि मेरी पत्निले साँच्चिकै अरुसँग सम्पर्क राख्न चाहे म रोक्दिन । यो उसको फैसला हो । मेरो र मेरी पत्निबीचको सम्बन्ध केवल सेक्सको मात्र होइन । यति कुराले मैले सम्बन्ध तोड्न सक्दिन । पाँचौं पुरुषः बैबाहिक सम्बन्ध प्रेम र भरोसामा टिक्ने कुरा हो । यदि विश्वास नै तोडियो भने केही पनि बाँकी रहँदैन । म पत्निलाई अरुसँग यौन सम्बन्ध राख्न अनुमति दिन कहिल्यै पनि सक्दिन । सञ्चिता उपाध्यायले टाइम्स अफ इण्डियामा लेखेको लेख