एभरेष्ट दैनिक

डा उपेन्द्र देवकोटाको अवस्था सुधारोन्मुख : समाज

काठमाडौं, पुस १२ । नेपाल न्युरोसर्जन समाजले वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यममा काल्पनिक र भ्रामक समाचार आएको प्रति उसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डा देवकोटालाई जन्डिसको समस्या देखिएकाले बेलायतको लण्डनस्थित किङ्स अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको समाजले जनाएको छ । अहिले पनि स्वास्थ्य परीक्षणको काम भइरहेको तर बाहिर आएको जस्तो स्वास्थ्यमा गम्भीर समस्या नरहेको बताएका छन् । समाजले बाहिर आएका कुराको पछि नलाग्न आग्रह गरेकाे छ ।